बागमती र कोशी प्रदेशमा भारी बर्षाको संभावना उच्च सतर्कता अपनाउ आग्रह

काठमाडौँ । बुधबारदेखि असोज १८ गतेसम्म बागमती र कोशी प्रदेशमा भारी बर्षाको संभावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।

मंगलबार सूचना प्रकाशित गर्दै प्राधिकरणले बागमती र कोशी प्रदेशका धेरै स्थानमा भारी बर्षाको संभावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

भारी बर्षाले जमिन थिल्थिलो भएकाले सानो बर्षा हुँदा पनि ठूलो विपद् निम्तिन सक्ने भन्दै प्राधिकरणले सचेत गराएको छ।

प्राधिकरणले यात्रामा रहेका सवारी साधनलाई पनि मौसमको स्थितिलाई ध्यानमा राखेर यात्रा गर्न सचेत गराएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ