नेपाल एयरलाइन्सको उडानमार्फत हङकङबाट नेपाल आएका यात्रुको मृत्यु

काठमाडौँ । हङकङबाट काठमाडौँ आउँदै गरेको जहाजभित्र अचेत भएका एक पुरुषको मृत्यु भएको छ ।

शनिबार बिहान हङकङबाट नेपाल आउँदै गरेको नेपाल एअरलाइन्सको जहाजमा बेहोस भएका देउमान लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपाल वायु सेवा निगमको आरए ४१० जहाजमा सवार ताप्लेजुङका ५३ वर्षीय लिम्बूको उपचारका क्रममा मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । जहाज अवतरणपछि परिवारको सहयोगमा उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको भुले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ