एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित

गोरखा । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । एमाले गोरखाको आठौं जिल्ला अधिवेशनबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले निवर्तमान कमिटीका उपाध्यक्ष कृष्ण नेपालीलाई ७५ मतले पराजित गरे । थापाले २८० मत ल्याए भने नेपालीले २०५ मत ल्याए ।

उपाध्यक्षमा मेनबहादुर अधिकारी निर्वाचित भएका छन् ।

अधिकारीले २७० मत ल्याए भने कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत प्राप्त गरे । सचिवमा काजिराम रोका निर्वाचित भए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ