राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभा अध्यक्ष पदका लागि आज उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । संसद सचिवालयले जारी गरेको निर्वाचन तालिका अनुसार आज बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता र साढे १ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

राष्ट्रियसभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसले युवराज शर्मा र माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने भएका छन् ।

अध्यक्ष पदका लागि भोलि बिहान ११ बजेर ९ मिनेटमा बोलाइएको राष्ट्रियसभा बैठकमा चयन प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ