
दिपेन खरेल
बारदशि
विश्व स्वास्थ्य दिवसको अवसरमा रेडक्रस उपशाखा विर्तामोडको प्राविधिक सहयोगमा बिहिबारे बजार व्यवस्थापन समिती, बार्हदशी-६ ले आज चैत्र २५ गते बाह्रदशी-६ बिहिबारे बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
समितीका अध्यक्ष विश्वाश गौतमको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी प्रदेश सभाषद माननीय छबिलाल चुडाल, विशिष्ट अतिथी साधुकुटी खानेपानी तथा उपभोक्ता समितीका अध्यक्ष मधुराम पनेरु र अतिथीहरुमा साधुकुटी कृषि सहकारी संस्थाका अध्यक्ष ज्ञानु सुबेदी, गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम साधुकुटीका सचिव पुष्प भट्टराई, रेडक्रस उपशाखा डागिवारीका संयोजक लेखराज सुवेदी, श्री आदर्श राघव भजन किर्तन मन्डली सेवा समाजका सास्कृतिक बिभाग संयोजक घनश्याम गौतम र रेडक्रस जिल्ला शाखाका प्राविधिक सचिन लिम्बू रहनु भएको थियो।
प्रमुख अतिथीले व्यानर बाचन गरेर उदघाटन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य समितीका सदस्य योगेश पौडेलले राख्नुभएको थियो। त्यसैगरी शुभकामना मन्तव्य माननीय छबिलाल चुडाल, मधुराम पनेरु, लेखराज सुवेदी र ज्ञानु सुबेदीले राख्नु भएको थियो। रक्तदाताहरुलाई फलफुल, जुस, पानी र सम्मान पत्र प्रदान गरिएको थियो। रक्तदान गर्नुहुने कुल २६ जना रक्तदाता ज्युहरुको नामावली यस प्रकार छ।
१.खेम लिम्बू- बाह्रदशी-६
२. सुरेश उप्रेती- ”
३. मुकेश गजमेर विश्वकर्मा- ”
४. विवेक गौतम ”
५. राधिका पौडेल ”
६. नारायण प्रसाईं ”
७. विवश लिम्बू ”
८. पुष्प भट्टराई ”
९. मेलिना गदाइली ”
१०. अन्जु लिम्बू ”
११. लिला श्रेष्ठ ”
१२. विश्वाश गौतम ”
१३. दिपेन्द्र खरेल ”
१४. भवानी शंकर पौडेल ”
१५. श्याम बाबू उप्रेती ”
१६. निर्मल प्रसाईं ”
१७. चिन्तामणी कोइराला ”
१८. मनोज धिताल ”
१९. हेमसागर पौडेल बाह्रदशी-५
२०. तोयानाथ थेबे ” -६
२१. सिरज आलम ” -४
२२. दिनानाथ अधिकारी विर्तामोड-१
२३. राम कुमार राजबन्शी ” -२
२४. प्रतीक खनाल ” -२
२५. लक्ष्मण विश्वकर्मा बाह्रदशी-६
२६. मनिषा विश्वकर्मा ”
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ बजार समितीले।