काङ्ग्रेस बिपीले मनायो भब्य प्रजातन्त्र दिवस

नेपाली काङ्ग्रेस बिपीले आज प्रजातन्त्र दिवस भब्यरुपमा जलपान समारोह आयोजना गरि मनाएको छ।पार्टी कार्यालय सामाखुसीमा आयोजना गरिएको उक्त कार्यक्रमको पार्टीका केन्द्रिय सभापती तथा पुर्ब मन्त्री शुशिलमान शेरचनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम को सन्चालन सहमहा मन्त्री जे एन घिमिरेले गर्नु भएको थियो।वरिष्ठ उपसभापति कर्ण मल्ल उपसभापति महेसमान सिंह महामन्त्री देबेन्द्र पौडेल सहमहामन्त्री तथा नेपाली काङ्ग्रेस बिपी सम्बद्द महिला संघ कि सभापति इन्दिरा अधिकारी दिवाकर भट्टराई एस पी श्रेष्ठ मुना थापा राधा खड्का लगाएत विभिन्न केन्द्रिय सदस्य तथा अन्य पधाधिकारी तथा कार्यकर्ताको उपस्थितमा कार्यक्रम भएको थियो।कार्यक्रममा मन्तव्य राख्ने क्रममा सबैले बर्तमान नेपाली काङ्ग्रेस सानेपाले महामानव बिपी कोइरालाको बिचार बाट स्खलित हुँदै गएको ले अब बैकल्पिक प्रजातान्त्रिक शक्ती भनेको नै नेपाली काङ्ग्रेस बिपी रहेको भनाइ राख्नु भयो।यसै गरि कमान्डर पत्रीकाका प्रधान सम्पादक तथा नेपाल बिध्यार्थी संघका पुर्ब केन्द्रीय सदस्य समेत रहेका युगनाथ शर्मा पौडेलले नेपाल जस्तो मुलुकमा प्रजातन्त्र जस्तो ब्यबस्था नै उपयुक्त हुने कुराको जिकिर गर्नु भो।साथै केन्द्रिय सभापतिको आजनै परेको जन्मदिनको पनि उक्त कार्यक्रममा शुभकामना आदानप्रधान भएको जानकारी दिपु बिवसले गराउनु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ