निर्वाचन क्षेत्र न:-3 मा सिटौला र लिंगदेन सङ भिडदै पनेरु

झापा जिल्ला निर्वाचन क्षेत्र न :- ३ बाट नेपाली काङ्ग्रेस बिपीका झापा जिल्ला सचिब भक्ती प्रसाद पनेरु ले उम्मेद्बारी दिएका छन। पुराना दलको तीब्र दबाब आए पनि उम्मेद्बारी फिर्ता नगराएका पनेरु आफुले २० बर्श बडि यहि स्थानमा काङ्ग्रेस को राजनीति गरेका ले ४५ प्रतिसत बडि काङ्ग्रेसले मत दिने मा बिस्वस्थ छन।
बिपि बिचार बाट काङ्ग्रेस स्खलित भए पछि काङ्ग्रेस भित्र नै आन्तरिक बिद्रोह गरेका पनेरुले २०५१ साल देखि नेपाल बिध्यार्थी संघ बाट सक्रिय राजनिती शुरु गरेका हुन। संगठनलाई मजबुद बनाउन पद भन्दा पनि लगाब चाहिने धारणा राख्ने पनेरु लाई पछिल्लो समय गाउँ पालिका को पार्टी सचिब हुँदै जिल्ला सदस्य सम्मको आस्वसन रहे पनि उनले सबै त्यागेका थिए।
सिटौलाको लाइन मा रहेका पनेरु प्रदेश अधिबेशन देखि खुलेर सिटौला को सिटौला शैलीको बिरोधमा आए।
त्यस पश्चात् लगत्तै उनी नेपाली काङ्ग्रेस बिपीको सम्पर्कमा रहेर झापा जिल्लामा कुसल संगठन निर्माणमा जुटेर जिल्ला सचिब को जिम्मेवारमा छन।
राप्रपाले आफू हरु अहिले बिपीको बाटोमा हिडेको भनि रहेको अवस्थामा स्वयम नेपाली काङ्ग्रेस बिपीका उमेदवार त्यही क्षेत्रमा उठे पछि बैचारिक हिसाबले पनेरु गहकिलो दाबेदार मानिन्छन् ।
बैदेशिक रोजगारमा ९ बर्ष बिताएका पनेरु बिदेसमा रहेका नेपालीको समस्याको बारेमा राम्रो ग्यान राख्छन् ।नेपाल मा रोजगार सृजना गर्न कृषिमा आधुनिकीकरण गरि मल बीउ बजार र आधुनिक औजारको प्रयोग गरे यहि धेरै अवसर रहेको बताउने पनेरुले आफ्नो मुख्य एजेन्डा नै कृषि, स्वास्थ र सर्बसुलब शिक्षा को ब्यबस्था गर्ने रहेको बताए। वैदिक सनातन स्वतन्त्र हिन्दु राष्ट्र, संघीयता र गणतन्त्रको खारेजीको मुद्धा पार्टीले उठाएको प्रमुख मुद्धालाई जनताले अब अनुमोदन नगरे देश नै अब नरहने खतरा बडेको प्रती सचेत रहन आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ