बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी काठमाडौँमा !

काठमाडौँ । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी आज नेपाल आएका छन् ।

नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका हुन् । आज दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलमा अभिनेता सिद्धिकीलाई साम्बालाका निर्देशक मीन भाम लगायतले स्वागत गरे ।

आज नै भारतीय फिल्म निर्देशक अनुराग कश्यप पनि नेपाल आउने साम्बालाको निर्माण पक्षले जनाएको छ । फिल्म भदौ २८ गतेदेखि हलमा प्रदर्शन हुँदैछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ