सुदूरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुरले जित्यो एनपीएलको उपाधि

काठमाडौँ | पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउदै जनकपुर बोल्ट्सले उपाधि जितेको छ |

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभर ५ विकेट गुमाएर पूरा गरेको हो ।

लाहिरु मिलान्थाको विस्फोटक ब्याटिङमा जनकपुरले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको हो।
जनकपुरको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान दिए। उनले ४९ बलमा ९ चौका र ४ चौका मद्दतले ८७ रन बनाएका हुन् | भने जनकपुरका कप्तान आशिफ शेखले १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए |

त्यस्तै, हर्ष ठाकेर ३० रन, मोहम्मद मोहसिन ९ रन , जेम्स निसम ४ रन, आकाश भिपाठी र मयन यादवले समान २ रन बनाए |

सुदूरपश्चिमका लागि स्कट कुगेलेइन, कप्तान दीपेन्द्र सिंह ऐरी, सैफ अली जैब र इशान पाण्डेले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि खेलमा ओपनरद्वयर विनोद भण्डारी र सेफ अलि जेबले उत्कृष्ट सुरुवात दिलाएका थिए । दुई ब्याटरले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । उनीहरुले ११७ रन बनाएका थिए ।

सुदूरपश्चिमका ओपनर सेफ अलि जेबले अर्धसतक पारी खेलेका थिए | उनले ४१ बलमा ६९ रन बनाएका थिए | भने अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन को योगदान दिएका थिए ।

त्यस्तै, हरमित सिंह र ब्रान्डन म्यामुलनले समान १४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ९ रन, स्कट कुगेलाइन १३ रनमा आउट भएका थिए|
जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान ३-३ विकेट लिएका थिए ।भने ललित राजवंशी र जेम्स निसमले समान १-१ विकेट लिएका थिए |

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ