स्नातकोत्तर तहको भर्ना खुल्यो, माघदेखि कक्षा सञ्चालन गर्ने तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक वर्ष २०८२/०८३ का लागि स्नातकोत्तर तह (मास्टर्स) प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्ना आह्वान गरेको छ । विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालयले एक सूचना जारी गर्दै भर्ना तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक सूचना अनुसार त्रिविका मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय तथा वन विज्ञान, कृषि र पशु विज्ञान, इन्जिनियरिङ्ग र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा भर्ना प्रक्रिया सुरु हुनेछ ।

विद्यार्थीहरूले २०८२ मंसीर ११ गतेदेखि पौष ११ गतेसम्म आवेदन फाराम बुझाउन सक्नेछन् । विश्वविद्यालयले २०८२ माघ महिनादेखि कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर