शेयर बजारमा ४ दशलमव ९८ अंकको गिरावट, १७० कम्पनीको मूल्य घट्यो

काठमाण्डौ । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशलमव ९८ अंकले घटेर २,५६१ को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३८ कम्पनीको ८३ करोड ८८ लाख ३७३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस उर्जाको १९ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको १५ करोड ९४लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ