कार्तिक -२५,झापा
नेपाली काङ्ग्रेस बिपी निर्वाचन क्षेत्र न:-३ मा प्रचार प्रसारमा निकै शसक्त रुपले अगाडि बडेको छ।तल्लो भागमा आफ्ना अभियानलाई तिब्र रुपमा अगाडि बडाइ रहेका बिपी काङ्ग्रेसका उमेद्वारलाई भद्रपुरमा प्रशासनले झन्डा प्रयोग गर्ने बिसयमा रोक लाएको प्रती प्रतिनिधि सभा सदस्य पदका नेपाली काङ्ग्रेस बिपीका उमेद्वारले आपत्ति प्रकट गरेका छन।निर्वाचन आयोगले दिएको एक घरदैलो कार्यक्रममा १० वटा सम्म झन्डा बोक्न मिल्ने अधिकारलाई चुनौती दिदै प्रशासनले रोक्न खोजेको प्रती घोर निन्दा गर्दै यस्ता घटना नदोहोर्याउन चेतावनी दिएका छन।अन्य स्वघोसित ठुला दलले सयौ झन्डा बोकेर हिड्दा मौन रहेको प्रसाशन स्याना दललाई सास्ती दिन लागि परेको बताए।
कचनकवलका बिभिन्न भागमा आफ्नो प्रभावकारी अभियान जारी राखेको बिपी काङ्ग्रेसले काङ्ग्रेस कै बडि मतलाई आफ्नो पक्षमा पार्ने दाउमा रहेको प्रदेश सभा सदस्य १ (क) का उमेद्वार अनुप रायले जानकारी गराए।
मधेसी समुदाय भोट बैंकको रुपमा मात्र प्रयोग हुँदै आए पनि यो पटक यस्तो न हुनेमा राय बिस्वस्थ छन।निर्वाचन प्रजातान्त्रिक अभ्यास भएकोले हारजित जस्तो जे भए पनि बिपीको बिचारलाई लिएर गाउँ गाउँ जादा जनता उत्साहित भएको पनेरुले जानकारी गराए।
जोशिलो जागर सहित बिपि काङ्ग्रेस
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2025 Sajha Nepal | All Right Reserved |
Designed by: Jhapa Technical Pvt.Ltd